Section 20
दण्ड सजाय
: (१) दफा ९ को उल्लघंन गरी पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोग भएको पाइएमा दोब्बर जरिबाना हुनेछ ।
(२) दफा १० को उल्लघंन गर्ने व्यक्तिलाई दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) दफा १२ को उपदफा (१) बमोजिम दिइएको आदेश पालन नगर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तरगत बनेको नियमावलीको उल्लघंन गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरी पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।